Saturday, June 23admin@onlinebbc.news

नोकियाको नभाँच्चिने फोन

काठमाडौँ — नोकियाको ब्रान्डमा फोन उत्पादन गर्दै आएको फिनल्यान्डको एचएमडी ग्लोबलले नयाँ फोन सार्वजनिक गरेको छ । मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएको फोनलाई नोकिया एट सिरोक्को नाम दिइएको छ र यो फोन नभाँच्चिने खालको भएको कम्पनीले जनाएको छ ।

स्मार्टफोनको पूरै बडी स्टिलले बनाइएको छ र यो चर्को दबाबमा पनि भाँच्चिने छैन । प्रयोगकर्ताहरू विशेषत: पछाडिको गोजीमा फोन राख्न रुचाउने भएकाले यस्तो सुविधा भएको फोन ल्याएको कम्पनीले जनाएको छ । यो फोनले बजारमा सामसुङको ग्यालेक्सी एस नाइन, आइफोन एट र एक्सजस्ता हाई इन्ड फोनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ तर मूल्यका हिसाबले यो आइफोन एक्सभन्दा सस्तो हुनेछ । अघिल्लो वर्ष नोकिया ब्रान्डको फोन ७० लाखभन्दा बढी बिक्री भएकाले पनि कम्पनी यसको सफलतामा आशावादी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel