Saturday, June 23admin@onlinebbc.news

आज नेपाल हार्नुको कारण यस्तो,सुपर सिक्सको सम्भावना कति?

विश्वकप क्रिकेट छनोटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। अफगानिस्तानले नेपाललाई ६ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले नटआउट ५२ रन जोडे। रहेमत शाहले ४६, मोहमद नावीले ३४, जाभेद अहमेदीले २६ तथा कप्तान रसिद खानले २१ रन बनाए।

त्यसअघि जिम्बावेस्थित बुलावायो स्पोर्टिङ क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको अर्धशतकीय पारी खेले। ८२ बलको सामना गर्दै पारसले १० चौका र १ छक्का प्रहार गरे।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ३२(४१ बल) रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे। आरिफ सेखसँगै ज्ञानेन्द्र मल्लले समान २३ रन जोडे। अनिलकुमार साह ७, सोमपाल कामी ९,रोहितकुमार पौडेल १ र करण केसी ६ रनमा आउट भए।
अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। १० ओभर बलिङ गरेका नाबीले ३३ रनमात्रै खर्चे। यस्तै रासिद खानले ३ तथा सफुर जर्दानले २ र मुजिब युर रहमानले १ विकेट लिए।

यस्तै, जारी हङकङ जिम्बावेसँगको खेलमा हङकङ पराजित भएमा र र सोमबार नेपालले हङकङलाई पराजित गरेको खण्डमा तीन टोलीको समान २ अंक हुनेछ र राम्रो रनरेट हुने टिम सुपर सिक्समा पुग्नेछ। हङकङले नेपाललाई हराएमा भने हङकङ सुपर सिक्समा पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel