Saturday, June 23admin@onlinebbc.news

विमान दुर्घटनाः दिदीको शव खोज्दै भाइ अस्पताल–अस्पताल चाहर्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युस बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पहिचान हुन नसक्दा आफन्तजन निकै निराश बनेका छन् ।

मृतकको सूचीमा नाम रहेको तर शव कुन हो भनेर पहिचान हुन नसक्दा आफन्तहरुको छटपटी बढ्दै गएको छ ।

दुर्घटनामा मृतकको सूचीमा रहेकी पाटन निवासी आश्ना शाक्यका भाइ उत्सव दिदीको शव खोज्दै मंगलबार विभिन्न अस्पतालमा चहारिरहेका भेटिए ।

बंगलादेशमा एमबीबीएस अन्तिम वर्षमा पढिरहेकी २५ वर्षीय आश्ना साथीहरुसँग घर फर्कंदै थिइन् ।

आश्नाको शवको पहिचान हुन नसक्दा उनका आफन्तलाई पीडामाथि पीडा थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel