Saturday, June 23admin@onlinebbc.news

खुशिको खबर : कोरियामा यो वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार जाने

कोरियामा यो वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार जाने

२०१८ सालको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको श्रम सम्झौता कोरियाले पठाएको छ । यस वर्ष कोरिया जाने कामदार मध्ये ५ जना गइसकेका छन्। पहिलो लटमा ११ सय भन्दा बढीको नाम आइसकेको छ ।

गत वर्ष पहिलो लटमा मात्रै ५०० जनाको नाम आएपनि अहिले भने धेरै जनाको नाम आइसकेको हो । यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो । कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ ।

अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए । कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत् कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel