Wednesday, May 23admin@onlinebbc.news

अस्ट्रेलियामा नेपाली युवती मृत फेला

अस्ट्रेलिया मा फेरी अर्को दुखद घटना घटेको छ । नयाँ वर्ष को दिन सोमबार राति १:५६ बजे आफ्नो फेसबुकको प्रोफाइल पिक्चर चेन्ज गरेकी अस्मिता रिजाल जनवरी २ तारिक का दिन लिडकम्बको आफ्नै निवास मा मृत अवस्थामा भेटीएकि छिन् ।

स्थाई घर काठमाडौँ बबरमहल भएकी २२ बर्ष की अस्मिता करिब ३ वर्ष आगाडी ब्रिसबेन को ग्रिफ्थ यूनिवर्सिटी मा उच्च शिक्षा का लागि आएकि थिईन । करिब २ वर्ष आगाडी ब्रिसबेन बाट सिड्नी सरेर पढ्दै गरेकी रिजाल आफ्नै निवासको कोठा मा झुन्डिएको आवस्था मा भेटीएकि थिईन । उनि ब्रिसबेन बाट सिड्नी को स्त्रथफिल्ड सरेकी थिईन ।

पछि क्यम्प्सी, अबर्न हुदै करिब ३ महिना आगाडी मात्रै लिडकम्ब सरेको कुरा उनका नजिक का साथीहरु ले बताएका छन् । सबै संग मिलनसार व्यवहार भएकी अस्मिताले डीपरेसन् का कारण आत्महत्या गरेको हुन सक्ने आसंका गरिएको छ यद्दपि आधिकारिक प्रुस्टी भने भएको छैन । हाल हत्या हो कि आत्म हत्या हो भन्ने कुरा इन्भेस्टिगेट भै रहेको श्रोत ले बताएको छ । पोस्ट मार्टम भै सके पछि शवलाई नेपाल पठाउन को लागि एन एस डब्लु फुनेरल डिरेक्टर संग कुरा भैरहेको र अस्ट्रेलिया टु नेपाल शव हस्तान्तरण गर्न को लागि नेपाल सरकार को अनुमति लिनु पर्ने हुनाले पत्राचार गर्न नेपाल राजदुताबास केन्बेरा का डेपुटी चिफ़ अफ मिसन राजेन्द्र पाण्डे संग छलफल भएको एन एस डब्लु का लागि नेपाल सरकारका महावाणिज्य दुत दिपक खड्काले बताए ।

नेपाली कम्युनिटी मा बिगत मा पनि यस्ता घटना हरु हुने गरेको र आगामी दिन मा दोहोरिन नदिन का लागि विविन्न संग- सस्थाहरु संग मिलेर बिद्यार्थीहरुलाई लक्क्षित गरि सचेत र चेतना मुलक कार्यक्रमहरु गर्नु पर्ने एन आर एन अस्ट्रेलिया का प्रेसिडेन्ट टोनु गोथानेले बताए । साथै कोहि बिद्यार्थी लाई कुनै पनि किसिम को मानसिक तनाब भै राखेको छ भने तुरुन्त आफ्नो नजिक को व्यक्ति संग सिएर गरेर समस्स्या को समाधान को खोजि गर्न का लागि पनि उँहाले आग्रह गरेका छन ।

मृत शरिर कसरी नेपाल पठाउने भन्ने बिषयमा उनको परिवार संग पनि छलफल भैराखेको एन आर एन अस्ट्रेलिया का भाईस प्रेसिडेन्ट नन्द गुरुङ बताउछन । बिद्यार्थी भिषा मा आएका नेपालीहरु मानसिक र सरिरिक रुपमा पिडित हुने र आफ्नो समस्या लाई कसै संग सिएर नगर्ने गरेका ले पनि डीपरेसन् बढ्ने गरेको तसर्थ यसको समाधान का लागि सबै ले आ- आफ्नो ठाउँ बाट बिद्यार्थीहरुलाई ब्यबहारिक र नैतिक सपोर्ट गर्नु पर्नेमा एन आर एन ए – एन एस डब्लु का योउथ कोर्डीनेटर विजय पल जोड दिन्छन ।

नेपाल मा भएका अबिभाबकहरु ले पनि आफ्नो छोरा छोरि को अवस्था का बारेमा ख्याल राख्नने र बेला बेला मा छोरा छोरि संग का नजिक का साथी भाई वा इस्ट मित्र संग सोधेर यथार्थ खबर थाहा पाई तेहि किसिम ले सर-सल्लाह पनि दिने हो भने पनि एस्ता घटनाहरु कम हुने सैक्षिक परमर्सक रबिन्द्र कुमार शर्माले बताए । उनले बिद्यार्थी अवस्था मा रहदा आइ पर्ने विविन्न समस्स्याहरुको समाधान का लागि आफ्नो नजिक को सैक्षिक परामर्स सस्था संग सम्पर्क गरेर छलफल गरि मानसिक तनाब लाई बेबस्तापन गर्दै आफ्नो मनोबल उच्च राख्न बिद्यार्थीहरुलाई आग्रह समेत गरे ।

जिन्दगिमा आइ पर्ने सानो दुख नै जीवनको अन्त्य होइन, मर्नु कुनै विकल्प होइन, हरेक समस्स्या को समाधान गर्ने सक्ति हामी संगै छ, तेस्लाई प्रयोग मा लेराउनु पर्ने योगा मास्टर एबम मेन्टल कौन्स्लोर भीमसेन सापकोटाको तर्क छ । साथै कोइ पनि बिद्यार्थी लाई मानसिक परामर्स को आवसेक्ता परेको छ भने हरेक महिना हुने निसुल्क गोप्य मेन्टल कौन्सेलिंग मा सहभागी भइ स्वस्थ जीवन जिउनका लागि पनि उँहाले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel