Saturday, June 23admin@onlinebbc.news

आखिर पाइलट को नै देखियो गल्ति हेर्नुहोस के भएको थियो :भिडियो सहित


काठमाडौं, २९ फागुन– सोमवार दिउँसोको १ बजेर ४८ मिनेट जति भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाईमार्ग जी ३३६ (बाराको सिमरा)बाट एक जहाज नेपाल प्रवेश गरेको संकेत एयर ट्राफिक कन्ट्रोल रुममा देखिन्छ । त्यो जहाज युनाइटेड बंगलादेश एयरलाइन्स डीएच ८ डी (फ्लाइट नम्बर बीएस २११) थियो ।

१ बजेर ५४ मिनेटजति हुँदा ट्राफिक कन्ट्रोल र विमानको ककफिटबीच सम्वाद शुरु हुन्छ । एयर ट्राफिकसँग सम्वाद शुरु हुँदा विमान सिमराको आकाशबाट अगाडि बढेर काठमाडौंको आकाशमा पुगिसकेको थियो । सम्वाद शुरु भएको करिब ३ मिनेटपछि विमानका चालक (आबिद हसन)ले ल्याण्डिङका लागि विमानस्थलको अवस्थाबारे जानकारी लिन्छन् ।

एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले रनवेमा ट्राफिक रहेको भन्दै केही समयका लागि तत्कालीन अवस्थामै होल्ड रहन सचेत गराउँछन् । चालकले होल्ड गर्न तयार रहेको बताउँछन् । जहाज दक्षिणकाली क्षेत्रतर्फ होल्ड हुन्छ ।

जहाज होल्ड गर्न भनिएको करिब २ मिनेटपछि विमानस्थलको धावनमार्ग खाली भएको जानकारी ट्राफिक कन्ट्रोलरले विमान चालकलाई गराउँछन् । एटीसीले धावनमार्गको ‘जिरो टू’ ०२ र ‘टू जीरो’ २० मध्ये कुन प्वाइन्टबाट ल्याण्डिङ गर्ने भनेर चाकललाई सोध्छन् । चालकले आफू २० बाट ल्याण्डिङ गर्न तयार रहेको जवाफ दिन्छन् ।

एटीसीले चालकलाई २७० डिग्रीको एङगलमा ल्याण्ड गर्न सकिने भन्दै धावनमार्ग खाली रहेको जानकारी गराउँछन् । दक्षिणकालीबाट जहाज विमानस्थलनजिक पुग्छ । जहाज विमानस्थल नजिक पुग्दा घरका छतमा ठोक्किएला जस्तै गरी उडिरहेको देखेको प्रत्यक्षदर्शी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel