Saturday, June 23admin@onlinebbc.news

विमान दुर्घटनामा मृत्यु भएको भनिएका एमबीबीएस विद्यार्थी समीरा ब्यञ्जनकार खतरा मुक्त, अहिले सामान्य अवस्थामा !

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बंगलादेशको यूएस बंगला विमान दुर्घटनामा परी बंगलादेशबाट एमबीबीएस सकाएर नेपाल फर्किएका १९ जना बिद्यार्थीहरु मध्ये १३ जनाको ज्यान गएको भन्ने समाचार आएको थियो ।

उक्त समाचारमा एमबीबीएसको बिद्यार्थी समीरा ब्यञ्जनकारको पनि मृत्यु भएको समाचार आएको थियो । तर मृत्यु भएको भनिएका समीरा ब्यञ्जनकार जिवितै रहेको समाचार आएको छ ।

समीरा ब्यञ्जनकारको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको फेसबुकबाट सुनिल ब्यञ्जनकारले जानकारी दिनुभएको छ ।

सुनिल ब्यञ्जनकारले फेसबुकमा एउटा स्टाटस सार्वजनिक गर्नु हुँदै समीरालाई श्रद्धाञ्जलि प्रकट नगरिदिन आग्रह गर्नुभएको छ । समीरा ब्यञ्जनकार सामान्य अवस्थमा रहेको र केएमसी अस्पतालमा उपचार भइरहेको भन्नुभएको छ साथै समीराको स्वास्थ्य स्थिति खतरा मुक्त रहेको जानकारी दिनुभएको छ ।

स्रोत:newaonlinenews.com ( नेपालभाषाको अनलाइन पत्रिका बाट अनुवाद गरिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel