Saturday, June 23admin@onlinebbc.news

स्टेफेन हकिन्सको मृत्यु पूर्वको दावीः पृथ्वीको आयु अब १ हजार बर्षमात्र

लण्डन । प्रसिद्ध ब्रिटिश भौतिक वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा मृत्यु भएको छ। बुधवार बिहान क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको उनको परिवारले जनाएको छ।

हकिन्सले बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने बताएका थिए । उनले २०७३ मंसिरको २ गते अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरेका थिए ।

यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले ठीक यही लक्ष्यका लागि सन् २००९ मा केप्लर अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यसले हाम्रो भुमण्डलको नजिक पृथ्वीजस्तै आकारको ग्रहको खोजी गर्ने उद्देश्य बोकेको छ जसले हाम्रो सूर्य जस्तै कुनै तारालाई परिक्रमा गरिरहेको होस् ।

यो वर्ष अन्तरिक्षयात्रीहरु प्रोक्सिमा बि पत्ता लगाएर उत्साहित छन् जुन ग्रहले प्रोक्सिमा सेन्टाउरी तारालाई परिक्रमा गर्दछ । यो हामीभन्दा ४।२ प्रकाश वर्ष टाढा रहेको छ, जुन अन्तरिक्षको दुनियामा निकै कम दुरी हो । अहिलेसम्म हामी भागेर जाने सबैभन्दा सम्भावित ठाउँ प्रोक्सीमा बि नै देखिएको छ ।

आफ्नो भाषणको अन्त्यमा हकिङले विद्यार्थीहरुलाई जिज्ञासु रहन प्रेरित गरे । उनले आफ्नो खुट्टातिर नहेरेर माथि ताराहरुतिर हेर्न पनि सम्झाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel