Saturday, June 23admin@onlinebbc.news

आजको राशिफल: माघ ०६ । शनिबार

मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आज दिनमा हजुरलाई जताबाट पनि खुशीको खबर सुन्न पाउने योग बनेको छ। एक्कासी धन तथा जमीन लाभ हुने योग देखिएको छ। आजको दिनमा सरकारी स्तरबाट सम्मान पाउने योग छ आजको दिनमा जप्ने मंत्र ॐ केशवाय नमः ।

वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आज दिनमा हजुरको स्वास्थ्य राम्रो हूनेछ। आजको दिनमा सोचेको काममा सफलता पाईने छैन आजको दिनमा हजुरलाई मानसिक कष्ट पर्ने योग देखिएको छ आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः ।

मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा हजुरलाई एक्कासी कुनै रोग लाग्ने तथा कुनै व्यक्तिसंग विवाद पर्ने योग देखिएको छ साथै आजको दिनमा हजुरको आफ्नै गल्तिले हजुरको बन्न लागेको काम बिग्रने छ। आजको दिनमा चोटपटक लाग्ने योग बनेको हुनाले सडकमा हिड्दा ख्याल गर्नुहोला। आजको दिनमा ॐ वैद्यनाथाय नमः मंत्र जप गर्नुहोला।

कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा हजुरको सरकारी स्तरको काम नबन्ने तथा छोरा-छोरी संग विवाद पर्ने योग देखिएको छ। आजको दिनमा हजुरलाई व्यापार व्यवसायमा घाटा हुनेछ तथा हजुरको आत्मसम्मानलाई ठेस लाग्ने कुरा सुन्न पर्ने हुन्छ। आजको दिनमा ॐ हनुमते नमः मंत्र जप गर्नुहोला।

सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा हजुरको घरमा लक्ष्मीको आगमन हुनाको साथै मानसिक शान्ति तथा आराम मिल्ने योग देखिएको छ। आजको दिनमा पारिवारिक सहयोग एवं नयाँ ठाउँमा जाने योग परेको छ। बिहानको स्नानपछि ॐ महालक्ष्म्यै नमः ।

कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा हजुरको आर्थिक पक्ष मजबुत हुनाको साथमा स्वास्थ्य राम्रो हूनेछ। आजको दिनमा यश किर्ति बढ्ने तथा घरमा नयाँ चहल-पहल एवं शत्रु माथि विजयी हुने योग परेको छ।आजको दिनमा हजुरले आटेको काम पुरा हुनेछ। ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला ।

तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा हजुरले आटेको सबैकाममा विघ्नबाधा तथा असफलता मिल्ने योग परेको छ। आजको दिनमा हजुरलाई वायुरोग एवं शोक पर्ने खबर सुन्न पर्ने हुन्छ। आजको दिनमा यात्रा फलदायी हुने छैन ।आजको दिनमा हजुरलाई मानसिक चिन्ता हुनेछ। आजको दिनमा ॐ हनुमते नमः मंत्र जप गर्नुहोला।

वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरको आफ्नो पारिवारिक सदस्य संग विवाद पर्ने तथा मन चंचल हुनेछ। आजको दिनमा आटेको काममा विघ्नबाधा तथा खानामा गडबड़ी हुने योग देखिएको छ र कम्मर तथा पेट सम्बन्धित रोग लाग्नेछ। आजको दिनमा ॐ वैद्यनाथाय नमः मंत्रको जप गर्नुहोला।

धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा आरोग्यता प्रसन्नता तथा. सबैकाममा सफलता मिल्ने योग बनेको छ। आज दिनको मध्यमा आर्थिक पक्ष मजबूत हुनेछ तथा धार्मिक तथा सामाजिक काममा मन जानेछ। आजको दिनमा ॐ बृ बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।

मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा हजुरलाई मानसिक असन्तोष तथा आँखामा कष्ट हुने योग देखिएको छ। आजको दिनमा हजुरको स्वास्थ्य खराब हुनेछ तथा प्रेममा धोखा तथा सामाजिक स्तरमा अपजस पाईनेछ। आजको दिनमा ॐ शं शनैश्चराय नमः मंत्रको जप गर्नुहोला।

कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो तथा आदर सत्कार पाउने योग बनेको छ। आजको दिनमा हजुरलाई पारिवारिक सहयोग तथा विद्या र प्रेम क्षेत्रमा राम्रो हुनेछ। आजको यात्रा हजुरलाई फलदायी हुनेछ। यदि हजुरलाई नयाँ कामको शुरुवात गर्न मन लागेको छ भने आजबाट गरेको राम्रो हुनेछ। आजको दिनमा ॐ शुं शुक्राय नमः मंत्रको जप गर्नुहोला।

मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा हजुरलाई मानसिक पीड़ा तथा हजुरको आत्मसम्मानलाई ठेस पुग्नेछ। आजको दिनमा हजुरको आफन्तजन आफ्नै विरोधी भैदिन्छन् तथा काममा झ्याऊ झमेला हुनेछ। आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel