Saturday, June 23admin@onlinebbc.news

National

रवि लामीछानेको भावुक उद्घोष :जेल नपरे सिधा कुरामा भेट्छु (भिडियो सहित)

रवि लामीछानेको भावुक उद्घोष :जेल नपरे सिधा कुरामा भेट्छु (भिडियो सहित)

National
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेको बारेमा अध्यागमन विभागले मुख खोलेको छ ।लामिछानेले अबैधानिक रूपमा काम गरिरहेको उजुरी परेपछि उनको भिसाको बारेमा प्रेस काउन्सिलले अध्यागमन विभागसँग जवाफ मागेको थियो । काउन्सिललाई जवाफ लेख्दै अध्यागन विभागले लामिछाने आगामी अक्टोबर ४ सम्म नातेदार भिसामा रहेको र यस भिसामा कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।लामिछानेसँग अमेरिकी पासपोर्ट रहेकाले उनको वैधतामाथि प्रश्न उठेको हो । अमेरिका बसेर ४ बर्ष अघि नेपाल फर्किएका रविले एउटा निजी टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, उनले लिएको भिसा अनुसार रविले नेपालमा कुनै काम गर्न नपाउने अध्यागमन विभागले प्रष्ट पारेको छ । अध्यागमन विभागले मुख खोले लगतै रविको बारेमा सामाजिक संजालमा जेल पर्ने कुरा व्यापक रुपमा भाइरल पनि भैरहेको छ । यी समाचारको खण्डन पनि रविले गरेका छन् साथै उनले आफ्नो फेसबुक ल
हिन्दु राष्ट्र सँगसँगै राजतन्त्र पुनर्स्थापना जनताको माग

हिन्दु राष्ट्र सँगसँगै राजतन्त्र पुनर्स्थापना जनताको माग

National, News
नेपालको राजनीतीमा एकाएक आएको परिवर्तन र राजनीतीक दलहरुको सहमति र सहकार्य वर्तमान परिपेक्ष्यमा असफल देखिन्छ । नेपालको इतिहासमा राजतन्त्रको निकै महत्व थियो नै राष्ट्रियताको विषयमा पनि कसैसँग झुकेन । जन नायक वि.पी. कोइरालाले राजा महेन्द्रसँग प्रजातन्त्रको बारेमा मतभेद रहेपनि राष्ट्रियताको विषयमा भने राजा महेन्द्रसँग एकमत भएको पाइन्छ । त्यसैले होला राष्ट्रियताका निमित्त राजासँग मेरो गर्दन जोडिएको छ भनेर भनेका थिए । २०६२,२०६३ कै जन आन्दोलन पनि राजतन्त्र हटाउने आन्दोलन थिएन । निरंकुश राजतंत्रको अन्त्य गरी जनमुखी राजतन्त्रसहित राष्ट्रलाई संघीय पुनर्संचरना तिर उन्मुख बनाउने सहमति भएको कुरा बाहिर आएकै हो । राजा ज्ञानेन्द्र शाहसँग सहमति गरी संसद पुनस्र्थापना गरेका राजनितीक दलहरुले एकात्मक शैलीमा राजतंत्रका विरुद्ध आफना कदम चाल्दा यस्तो लाग्थ्यो नेपालमा राजनीतिक विश्वास नै छैन जस्तो । एक पटकको कुर
पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

National, News
हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखिएका तिक्तताहरु छोडेर एकतावद्ध भएर अगाडि बढ्ने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। आफू सदैव एकताको पक्षपाती रहेको जिकिर गर्दै आफू कुनै पनि गुटबन्दीमा नलागेको र आफ्नो कुनै गुट नभएको स्पष्ट पार्दै पौडेलले हेटौंडामा आयोजित कांग्रेसका जिल्ला सभापतिहरुको राष्टि«य भेलाको समापन समारोहमा भने, ‘मेरो अहिले पनि कुनै गुट छैन् । मैले त दृष्टि नपुगेकाहरुको आवाजलाई मैले कहिलेकाँही सहयोग गरिदिन्छु।’ पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई समान व्यवहार नगर्दा हेपाईमा परेकाहरुसँग आफू उभिएको आशय व्यक्त गर्दै पार्टीलाई मिलाएर लैजानुको विकल्प नभएको र आपसमा नमिलेका कुराहरु एकआपसमा बसेर मिलाउन सकिने पनि प्रष्ट पारे । मेची–महाका
मेरो श्रीमती नेपालको रास्ट्रपति हुनुपर्ने, तर यहाँ योग्यताको कदर छैन

मेरो श्रीमती नेपालको रास्ट्रपति हुनुपर्ने, तर यहाँ योग्यताको कदर छैन

National, News
नेपालकै चर्चित पत्रकार ऋषि धमलाले आफु पत्रकारिताको हिरो भएको ठोकुवा गरेका छन्। करोडौ पर्ने गाडी चढ्ने र काठमान्डौमा आलिसानको घरमा बसेर सम्पन्नशाली जीवन बिताइरहेका धमलाले आफुले जस्तै मेहनत गरेर पत्रकारितामा लाग्नेहरुले काठमाण्डुमा घर र गाडी सजिलै जोड्न सक्ने बताएको छ । उनले आफ्नो श्रीमतीमा योग्यता भएको कारण देशको राष्ट्रपति हुनुपर्ने तर देशमा योग्यताको कदर नभएको जिकिर गरेका छन् ।उनले आफु क्षमतावान र सफल भएको कारण कसैकसैले आफ्नो आलोचना गरेता पनि आफु निडर र निर्भिक भएर आलोचनाको सामना गर्न तयार रहेको बताएको छ ।१४ वर्षको उमेर देखि पत्रकारितामा लागेका धमलाले आफ्नो औपचारिक शिक्षा आइए सम्म रहेको बताएका छन् । उनी एकपटक बिना भिसा भुटान जाँदा निकै चर्चा भएको थियो यसैबारे पत्रकारले प्रश्न गर्दा उनले आफु सिंहदरबारमा छिर्नलाई पास देखाउनु नपर्ने र नेताको बेडरुम देखि बाथरुम सम्म सिधै पहुँच राख्न
बलिउड अभिनेत्री ऐश्वर्या गर्भवती भएपछि…

बलिउड अभिनेत्री ऐश्वर्या गर्भवती भएपछि…

National, News
काठमाण्डु, ८ असार बलिउडलाई अभिनेत्री ऐश्वर्या राय बच्चन गर्भवती भएको र आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई सहभागी गराएका निर्देशक मधुर भन्डारकर डिप्रेसनको सिकार भएको विषयले तताएको छ । अभिनेत्री ऐश्वर्याका कारण सन् २०११ मा निर्देशक भन्डारकर डिप्रेसनको सिकार भएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । उनीहरुकाअनुसार ऐश्वर्या र मधुरबीचको विवाद भएको थियो, तर मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराउन सफल भए । उक्त ड्रिम प्रोजेक्टमा साइन गरेकी ऐश्वर्या गर्भवती भएको कुरा जब बाहिर आएको तब, बलिउड मात्रै तातेन, निर्देशक मधुर तनावमा परे । साइन गर्ने बखतमा आफू गर्भवती भएको नबताएकी ऐश्वर्या पहिलो रोजाइमा थिइन् निर्देशक मधुरको । जब ऐश्वर्या गर्भवती भएको थाहा पाए तब निर्देशक मधुरले डेढ वर्षदेखि रिसर्च गरेको आफ्नो ड्रिम प्रोजेक्ट फिल्मबाट ऐश्वर्यालाई फिल्मबाट निकाल
एनजिओसँग झुके गृहमन्त्री..

एनजिओसँग झुके गृहमन्त्री..

National, News
काठमाण्डु, ९ असार– गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुनेगरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ। स्थानीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो। गृह मन्त्रालयले जेठ २४ मा गैरसरकारी संस्थाले एउटा क्षेत्रमा मात्रै काम गर्न पाउने, संस्थाका पदाधिकारी एवं कर्मचारीले दर्ता र नवीकरण लागि सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने प्रावधानसहितको नयाँ व्यवस्था कायम गरेको थियो। गृहले जेठ २४ को निर्णय कार्यान्वयन नगर्न देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गैरसरकारी संस्थाका नाममा विकृति बढेको, ती संस्था अपारदर्शी रहेको, पदाधिकारीले कोष दुरुपयोग गरेको, सामाजिक सेवाका नाममा धर्मप्रचारमा संलग्न भएको भन्दै संस्था दर्ता सञ्चालनमा कडाइ र पदाधिकारीलाई पारदर्शी बनाउन भन्दै गृहले गैरसरकारी संस्था दर्ता र नवीकरण
सरकारको कामभन्दा कुरा ठूलाः साउनदेखि नहट्ने भो सिन्डिकेट

सरकारको कामभन्दा कुरा ठूलाः साउनदेखि नहट्ने भो सिन्डिकेट

National, News
काठमाण्डु, ९ असार– सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि हटाउने सरकारको वाचा पूरा नहुने भएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा असार मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँदा सिन्डिकेट हट्ने वातावरण नभएको तर्क गर्छन् । सार्वजनिक यातायात क्षेत्रलाई सीमित यातायात व्यवसायीको नियन्त्रणबाट बाहिर निकाल्न यातायात व्यवस्था विभागले चैतमा कम्पनीमार्फत दर्ता भएका सवारीलाई मात्र रुट इजाजत दिने नीतिगत व्यवस्था गरेको थियो । त्यही व्यवस्थापनलाई बल पुग्नेगरी वैशाखमा सरकारले असार मसान्तदेखि संस्था ऐनअनुसार दर्ता भएका यातायात समिति खारेज गर्न बाध्य सर्वसाधारणमा सिन्डिकेट अन्त्य हुने विश्वास जागृत भएको थियो । तर सरकारले गठन गरेको समितिले अध्ययनका लागि थप समय मा
डनहरूको सूची तयार, टार्गेटमा १९० डन

डनहरूको सूची तयार, टार्गेटमा १९० डन

National, News
काठमाण्डु, ९ असार– उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले डनहरूको सूची बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ । गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । प्रहरीका अनुसार कपनका फुपू भनिने ३७ वर्षीय फुपुछिरिङ शेर्पा, सोल्टिमोडका ३७ वर्षीय वसन्तकुमार भुसाल, बालाजूका ३४ वर्षीय कान्छा भनिने दीपेन्द्र प्याकुरेल, काभ्रेका ३३ वर्षीय स्याल भनिने सञ्जीव लामा, रातोपुलका २४ वर्षीय आशिष राई, सोलुखुम्बूका २७ वर्षीय कृष्ण खड्का निगरानीमा छन् । त्यस्तै, गोंगबूका ३८ वर्षीय काले भनिने साजन महर्जन, चाँगु नारायणका फिस्टे भनिने ३५ वर्षीय रामेश्वर गौतम, सर्लाहीका ३१ वर्षीय श्याम मोक्तान, संखुवासभाको दिदिङ–१ का ३३ वर्षीय दुर्गाबहादुर राई, सामाखुसीका ३२ वर्षीय नेरू लामा, भक्
शेरबहादुरले टिकट बाड्दा त्रुटी भएकाे स्विकारे, पौडेलले भने- मेरो गुट छैन, अब मिलौं !

शेरबहादुरले टिकट बाड्दा त्रुटी भएकाे स्विकारे, पौडेलले भने- मेरो गुट छैन, अब मिलौं !

National, News
काठमाडाैँ। सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्षसहित १९ बुँदे घोषणा–पत्र जारी गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिको हेटौंडा भेला सकिएको छ । सरकारले जनविरोधी चरित्र देखाएको भन्दै भेलाले कडा कदम चाल्नुपर्ने निश्कर्ष निकालेको छ । कम्युनिष्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण काम गरेको कांग्रेसको आरोप छ । त्यस्तै, भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ । निर्वाचन पराजयका कारण चर्को आलोचना भएपछि भेलालाई अन्तिममा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले निर्वाचनमा उम्मेदवारी छनोटमा केही त्रुटी भएको स्वीकार गर्दै आउँदा दिन त्रुटी हुन नदिने बताउनु भएको थियो । यस्तै, वरिष्ठ ने
सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

National, News
काठमाडौँ । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सदनमा रहेका प्रमुख प्रतिपक्षी दललार्इ सभामुख र उपसभामुखको विषयमा उठाइरहेको मुद्दामा चुप लगाउने गरी जवाफ दिएका छन्। उनले भने, सभामुख र उपसभामुख कुनै पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न उठाउन जरुरी छैन्।’ पत्रकार महासंघ दाङ शाखाले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महराले सभामुख र उपसभामुखले पार्टी सदस्यबाट राजीनामा दिइसकेकाले यसबारे बहस गर्नु कुनै औचित्य नरहेको स्पष्ट पारे। प्रतिपक्षी कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै बिरोध जनाइरहेका बेला महराले यसबारे प्रश्न उठाउनै नमिल्ने दावी गरे । ‘सभामुख र उपसभामुख सबैको साझा भैसकेका छौं । यस्तो बेला पार्टीको कुरा जोडेर विवाद गर्नु सान्दर्भिक हुँदैन।’ उनले भने,’प्रतिपक्षी जति उफ्रे पनि सभामुख र उपसभामुख कुनै हालतमा परिवर्तन हुन सक्दैन।’
error: Content is protected !! Copying is illigel